१ सय ५७ जना डिस्चार्ज

नेपालगञ्ज – कोरोना लागेपछि आइसोलेसन सेन्टरमा पुगेका एक सय ५७ जना आइतबार डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसनमा बसेका एक सय ५७ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।
कोरोनाले गर्दा कतिपयको दशैं आइसोलेसनमै वित्ने देखिएको छ । फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा अहिलेसम्म दुई हजार पाँच सय १४ जना डिस्चार्ज भइसकेका छन् । अब आइसोलेसनमा ४ सय ३३ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !