भेरीमा ३९ जना थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ३९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
अस्पतालले एक सय ९२ जनाको परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
कोरोना पुष्टि हुनेहरु बाँके र बर्दियाका छन् । बाँकेमा केही महिनायता तीन ठाउँबाट कोरोना परीक्षण हुने गरेको छ । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा हुने परीक्षणमा दैनिक संक्रमित देखा पर्ने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !