युवाले छातीमा लेखे, ‘बलात्कारीलाई फाँसी दे’
नेपालगञ्ज – ‘बलात्कारीलाई फाँसी दे’ छातीमा लेखेका युवाको एक समूह न्यूरोडबाट जिल्ला प्रशासन कार्यालयतिर जादै थियो । नांगो छातीमा गम्भीर मागको नारा लेखेका युवालाई स्थानीयहरु हेरिरहेका थिए ।
बाल क्लव, युवा क्लव, सामाजिक अभियान्ताको नाम दिएर युवाहरुले आइतबार बलात्कारविरुद्ध प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका युवायुवतीले नौ बुँदे माग अघि सारेका छन् । त्यसमा संविधानको धारा परिवर्तन गरेर बलात्कारीलाई मृत्युदण्ड दिनु पर्ने माग एक नम्बरमा राखेका छन् ।
उनीहरुले बलात्कृतलाई राज्यको अंगमा राखेर स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाउनु पर्ने, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, बलात्कारका घटनामा राजनीति गर्न नहुने, नातावाद कृपावाद हटाउनुपर्नेलगायतका माग अघि सारेका छन् ।