बाँकेमा ९ जना थपिए

नेपालगञ्ज – बाँकेमा आइतबार नौ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा ८ र मेडिकल कलेजबाट एकजनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
भेरीले निकालेको विवरणमा ५ जना नेपालगञ्ज र चार जना कोहलपुरका छन् । भेरीले ४९ जनाको स्वाव परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको जनाएको छ ।
बाँकेमा पछिल्लो समयमा भेरी, मेडिकल कलेज र बागेश्वरी ल्याबले कोरोना परीक्षण गर्दै आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !