नौ प्रहरीसहित २४ जनालाई कोरोना

नेपालगञ्ज – नौ जना प्रहरीसहित २४ जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय, बाँकेका सात जनासहित नौ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ ।
कोरोना देखिनेमा बैंक कर्मचारी पनि छन् । १५ जना पुरुष र नौ जना महिलालाई कोरोना देखिएको छ । योसँगै बाँकेमा एक हजार ६७ जनालाई कोरोना भएको छ । ७ सय ४६ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, पत्रकार दामोदर भण्डारीलाई कोरोना पुष्टि भएको छ । सद्भाव दैनिक र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई ज्वरो आएपछि जाँच गर्दा कोरोना देखिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !