१६ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा आज १६ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लाका विभिन्न आइसोलेसनमा रहेका १६ जना निको भएर घर जादैछन् । भदौ २ गते कोरोना देखिएका उनीहरुलाई आज डिस्चार्ज गरिएको हो ।
जिल्लामा अहिलेसम्म ७ सय ४६ जना डिस्चार्ज भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !