बाँकेमा ४० जना थपिए

नेपालगञ्ज – बाँकेमा सोमबार ४० जना कोरोना संक्रमित थपिएका छन् ।
कोहलपुर मेडिकल कलेजका आधा दर्जनबढी स्वास्थ्यकर्मीसहित नेपालगञ्ज, कोहलपुर र खजुराका ४० जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा कोहलपुरका १७ जना, नेपालगञ्ज मेडिकल कलेजका सात जना, आठ जना नेपालगञ्ज, खजुराका ६ जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा केही दिनपछि ठूलो संख्यालाई कोरोना देखिएको छ ।
जिल्लामा संक्रमितको सख्या हजार कटिसकेको छ । निको हुनेको संख्या पनि उत्तिकै छ । सात सय ३० जना डिस्चार्ज भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !