प्रदेश सांसद नमूनालाई कोरोना

नेपालगञ्ज – ५ नम्बर प्रदेशका सांसद कृष्णा केसी नमूनालाई कोरोना पुष्टि भएको छ ।
कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिनु भएकी सांसद नमूनालाई शनिबार कोरोना पुष्टि भएको हो । सांसद नमूनाले एक हप्ता यता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्नु भएको छ ।
लकडाउनको बीचमा नरैनापुरमा बिजुली बाल्न तथा त्यसपछि पनि जनताको काममा नमूनाको दौडधुप निरन्तर भइरहेको थियो । क्वारेन्टाइन व्यवस्थापन र भारतबाट आएकालाई सम्बन्धित ठाउँमा पठाउने काममा नमूना शुरुदेखि नै लाग्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !