साइकलबाटै ‘नाराबाजी’

नेपालगञ्ज – भारतले सीमा मिचेको विरोधमा नेपाली कांग्रेसनिकट तरुण दल सडकमा निस्केको थियो । भारतको मात्रै होइन, उसले सरकारका विरुद्ध चर्को नाराबाजी ग¥यो ।
नाराबाजी गर्ने सबै पैदलै थिए । एकजना कार्यकर्ता साइकलमा सवार भएर नाराबाजी गरिरहेका थिए । उनको आवाज अरुको भन्दा चर्को लाग्थ्यो किनकी उनी अरु भन्दा फरकशैलीमा थिए । तरुण दलले वीपीचोकमा प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गरायो ।
स्थानीय प्रशासनले ११ देखि तीन बजेसम्म अत्यावश्यक कामका लागि लकडाउनलाई खुकुलो बनाएको मौका छोपेर तरुण दलले प्रदर्शन गरेको थियो । त्यसको केही समयअघि राप्रपानिकट युवा विद्यार्थीले प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बाँके तरुणदल सचिव बिनोद रिजालले नेपाली भूमिमाथिको अतिक्रमण असह्य भइसकेकाले राजनीतिक र कुटनीतिक तहबाट समस्या समाधान गर्न सरकारलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !