युवाहरुले जुटाए राहत

खजुरा – खजुरा गाउँपालिका–३, धौलागिरीका युवाले २४ विपन्न परिवारलाई राहत वितरण गरेका छन् । युवाहरूले आफुले संकलन गरेको रकम राहत प्याकेज बनाएर वितरण गरेका हुन् ।
खजुरा गाउँपालिका वडा नं. ३ का सदस्य देउमाया थापाको उपस्थितिमा राहत वितरण गरिएको छ । २० किलो चामल, १ किलो नुन, एक पोका तेल र एउटा साबुन वितरण गरिएको छ । रोशन थापा, देवबहादुर कुँवर, कृष्ण क्षेत्रीलगायतका युवाहरु राहत वितरण सँगै गाउँको रक्षा गर्न समेत खटिने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !