राहतको सट्टा रोजगार

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ ।
नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।
वडाका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताउनुभयो । यसरी काम दिंदा एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ । उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिंदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने विश्वास उपमहानगरपालिकाको छ ।


error: यो सुविधा उपलब्ध छैन !