जेठ ५ गतेसम्म ‘लकडाउन’

नेपालगञ्ज – सरकारले लकडाउनलाई जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोली २५ गते सकिदै थियो ।
सरकारले लकडाउन गरेर सावधानी अपनाइरहदा नेपालमा कोरोना संक्रमण बढिरहेको छ । लकडाउन शुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन् । बैशाख १९ गते नेपालगञ्जमा देखा परेपछि केही दिनमै २३ जना थपिएका छन् । देशका अन्य शहरमा लकडाउन चलिरहदा नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा चलिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !