घरपरिवारसहित ३९ जनाको रिपोर्ट आउदै

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जबाट आज ६० वर्षीय संक्रमितका घरपरिवारसहित ३९ जनाको रिपोर्ट आउदैछ ।
१७ गते फूलवारी मस्जिदमा स्वाव लिइएका ११ जना मध्येमा ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको स्वाव लिइएको थियो । त्यसमध्येमा ५५ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये १५ जना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले आज ६० वर्षीय व्यक्तिका ६ जना घरपरिवारसहित उनको सम्पर्कमा रहेका ३९ जनाको रिपोर्ट आउने जानकारी दिनुभयो ।
पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको पनि खोजी भइरहेको छ । संक्रमित सबैलाई खजुरास्थित आइसोलेसन कक्षमा लगिएको छ ।
यसैबीच, नेपालगञ्जमा धेरैजनामा कोरोना संक्रमण देखिएपछि त्यसको व्यवस्थापन मिलाउन ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज आउँदै हुनुहुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !