भेरीमा कोरोना जाँचमा तिब्रता

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा केही दिनयता कोराना जाँचले तिब्रता पाएको छ । शुक्रबार भेरीमा एकै दिन ६९ वटा स्याम्पल आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ३ सय २८ वटा स्याम्पल आइपुगेकोमा एक सय ९२ वटाको रिपोर्ट आइपुगेको छ । जसमा एउटा पोजिटिभ छ भने बाँकी नेगेटिभ रहेको छ । एक सय ३६ वटाको रिपोर्ट आउन बाँकी रहेको छ ।
भेरीमा बाँकेको एक सय ७२ स्याम्पलमा ७३ नेगेटिभ, एक पोजिटिभ र ९८ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । बर्दियामा एक सय ३७ मध्ये एक सय ६ वटा नेगेटिभ रिपोर्ट आइसकेको छ भने ३१ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । दाङबाट १९ स्याम्पल आएकोमा १२ वटाको रिपोर्ट नेगेटिभ आएको छ भने सात वटाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बाँकेमा कोरोना संक्रमित देखा परिसकेकाले परीक्षणलाई तिब्रता दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !