भेरीमा १९ जनाकै रिपोर्ट ‘नेगेटिभ’
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा १९ जनाको कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
बैशाख ७ गतेदेखि सञ्चालनमा आएको भेरीको ल्याबमा बाँकेका १२, बर्दियाको दुई र दाङ जिल्लाका पाँच जनाको ‘पीसीआर’ जाँच गरिएको थियो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) प्रकाश थापाले १९ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
भेरीमा जाँच सेवा हुनु अघि बाँकेबाट काठमाडौं र रुपन्देहीमा ९२ वटा स्याम्पल पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, अहिलेसम्म जिल्लामा चार सय २७ जनाको ‘आरडीटी’ जाँच गरिएको छ । सबैको नतिजा नेगेटिभ नै रहेको छ ।