मान्छे समात्ने ‘हतियार’ बनाउदै बाँके प्रहरी

 तस्बिर : साभार

नेपालगञ्ज – लकडाउनको बेलामा हिड्ने मान्छेलाई प्रहरीले काठमाडौंमा टाढाबाट फलामको डण्डाले समातेर गाडीमा हाल्ने गर्दछ । लकडाउनमा हिड्नेलाई नछोएर प्रहरीले त्यो फलामको ‘हतियार’ (डण्डा) ले मान्छेलाई समातेर गाडीमा हाल्छ ।
यो उपकरण अर्थात हतियार काठमाडौंबाहिर छैन । सवारी साधनलाई ‘कन्ट्रोल’ गरेको बाँके प्रहरीले अब जथाभावी हिड्ने मान्छेलाई नियन्त्रण गर्न त्यस्तो हतियार बनाइरहेको छ । ग्रिल उद्योगलाई भनेर मान्छेलाई समात्ने फलामको उपकरण बनाइरहेको हो ।
‘हामीले सवारी साधनलाई कन्ट्रोल गरेका छौं । अब जथाभावी हिड्ने मान्छेलाई नियन्त्रण गर्न फलामको उपकरण बनाइरहेका छौं, बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिन्छौ ।’
स्थानीय प्रशासनले आवश्यक खाद्यान्न लिनका लागि ‘दुरी कायम गरेर’ हिड्न भनेको छ । तर, यहाँ चार बजेपछि बन्द खुलेको जसरी मानिसहरु सडकमा निस्किरहेका छन् । यो भीडलाई नियन्त्रण गर्न प्रहरीले अनावश्यक हिड्नेलाई कारबाही गर्दैछ । मान्छेलाई नियन्त्रण गर्दा प्रहरीले समात्नु पर्ने बाध्यतालाई हटाउन फलामको डण्डा बनाउन थालिएको हो ।
बाँके प्रहरीले सवारी साधनलाई कडाई गर्दा पछिल्लो तीन दिनयता पास भएकाबाहेक मोटरसाइकल धेरै हिडेका छैनन् । प्रहरीका अनुसार, २२ गते ४ सय ४१, २३ गते ५ सय ३ र २४ गते दुई सय १९ वटा मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको थियो ।
नेपालगञ्ज बजार भित्रमात्रै होइन, बाहिरबाट आएका मोटरसाइकल धेरै देखिएपछि बाँके प्रहरीले नाकाहरुमा निगरानी बढाएको छ । राँझा, पुरैना, खजुराखुर्दमा प्रहरी अधिकृतलाई खटाएर रोकिएको छ भने कोहलपुर, धनौली, भगवानपुरलगायत ठाउँमा कडाई गर्न निर्देशन दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !