अलपत्र नेपालीलाई नेपाल र भारतले व्यवस्थापन गर्ने सहमति

 

नेपालगञ्ज – बाँकेको जयसपुरमा अलपत्र परेका नेपालीलाई नेपाल र भारतले व्यवस्थापन गर्ने सहमति भएको छ ।
भारतको रुपैडिहामा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले जयसपुरस्थित सुख्खा बन्दरगाहमा रात बिताएका नेपालीलाई नेपाल र भारतले व्यवस्थित तरिकाले राख्ने सहमति भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओली, दीपक अधिकारी र कमल भट्टराई र भारत बहराइचका डीएम शम्भुकुमार, एसपी विपिनकुमारलगायतको सहभागिता रहेको थियो ।


जयसपुरमा रहेकामध्ये ८५ जनालाई भारतले व्यवस्थापन गर्ने सहमति भएको छ । अरुलाई नेपालले क्वारेन्टाइनमा राख्ने निष्कर्ष निकालिएको छ । अहिले भारतले आधा मानिसलाई लगिरहेको छ ।
भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीहरु लकडाउनका कारण रुपैडिहमा अलपत्र पर्दा एसएसबीले रातारात छोटी नाकाबाट नेपालतिर पठाइदिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !