होटलमा ‘क्वारेन्टाइन’

नेपालगञ्ज – नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा आवश्यक सुविधा नभएको व्यापक गुनासो आएपछि त्यहाँ राखिएका व्यक्तिलाई होटलमा सारिएको छ ।
क्याम्पसमा राखिएका १० जनालाई नेपालगञ्जको धम्बोझीचोक नजिक रहेको सामर्थ इन होटलमा सारिएको हो । दश जनामध्येमा फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवारदेखि विदेशबाट आएका व्यक्तिहरु छन् । फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी १९ वर्षीया किशोरमा कोरोना संक्रमण देखिएपछि त्यो जहाजमा सवार सबैलाई निगरानीमा राखिएको छ ।


क्याम्पसमा आवश्यक सुविधा नभएपछि पहिलो दिन नै अधिकारीहरुले होटलमा राख्ने तयारी गरेका थिए । तर, होटल सञ्चालकले कोठा दिन मानिरहेका थिएनन् । १६ वटा कोठा रहेको सामर्थ इन होटलले १५ वटा कोठा उपलब्ध गराएपछि शुक्रबार नै क्याम्पसमा रहेका १० जनालाई त्यहाँ सारिएको छ । होटलका सञ्चालक विशालविक्रम बर्माले विश्वमा फैलिएको महामारीविरुद्ध सानो सहयोग स्वरुप होटल उपलब्ध गराएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !