लकडाउन र सञ्चार माध्यमका रिपोर्ट

नेपालगञ्ज – धनीलाई ब्यापार र ब्यवसाय फेरी कसरी शुरु हुने होला भन्ने मानसिक दबाव परिसकेको छ । गरीवलाई साँझ र विहानको छाक कसरी टार्ने भन्ने विषयले पिरोलेको छ । मध्यम वर्गीयलाई समय कसरी बिताउने भन्ने समस्याले सताइरहको बुझ्न त्यति कठिन छैन ।
यसबीचमा संसारभरीका मानिसहरुको ध्यान सञ्चार माध्यममा बढी केन्द्रित भइरहेका छन् । टेलिभिजन, रेडियो र अनलाइन माध्यम प्रभावकारी छन् । पत्रिकाको प्रकाशन र वितरण अप्ठ्यारोमा छ । धेरै बन्द पनि भइसके । यतिबेला सञ्चार माध्यमको भूमिका महत्वपूर्ण यो मानेमा छ कि नागरिकलाई सही सूचना दिन सक्नुमा ।
क्रिस जो एक एष्ट्रोनट्स गाइड हुन् जो सेल्फ आइसोलेसनका बारेमा बीबीसी वर्लड न्युजमा आफ्ना कुरा गजबले राख्दै गरेको रिपोर्ट मज्जाले बज्यो । स्टेफेन स्याकुर त मेरा मन पर्ने पत्रकार मध्येका एक हुन् नै । हार्डटक, कार्यक्रमका प्रस्तोता स्टेफेन स्याकुरको प्रस्तुति नै ओजनदार हुन्छ । ‘पानोरमा अन द टपिक या गन्स एण्ड वेपन मेनुफ्याक्चर्र लस्वीट्स इन द युएस’ उनको गहकिलो प्रस्तुति भुल्नै सकिंदैन ।
कोरोना भाइरस संक्रमण (कोभिड १९) ले विश्व आक्रान्त भइरहेको समाचारले जो कसैलाई त्रसित बनाइरहँदा बीबीसी वल्र्ड न्यूजले प्रशारण गरिरहेका समाचार सामाग्री, सेल्फ मेड भिडियो रिपोर्ट साँच्चिकै सचेतनामूलक छन् । कसरी स्वास्थ्य परीक्षणका लागि आबश्यक पर्ने सामाग्री उत्पादन, बिक्री वितरण, ओसारपसार भइरहेका छन् भन्ने विषयलाई समाचारका माध्यमबाट प्रस्तुत गरिनुले मानिसमा उपचार हुन सक्छ र हुँदैछ भन्ने आत्मविश्वास बढाएको देखिन्छ । संक्रमितहरुको प्रतिक्रियालाई पनि सरल तरिकाले प्रस्तुत गरेका रिपोर्ट बज्छन् ।
द.कोरियाका जुङ–किमको परिवार आफ्ना बच्चाबच्चीसँग गफ गर्दै चल्दै गरेको लाइभ भिडियोको प्रस्तुत निकै रोमाञ्चक लाग्छ । रोबर्ट केल्लीजो लाइभमा मज्जाले आफ्ना कुराहरु राखिरहेका हुन्छन् । मार्च २६ तारिकका दिन बीबीसी वल्र्ड न्यूजका विश्वभरी छरिएर रहेका प्रतिनिधहरुले सम्प्रेसन गरेका समाचारहरुका एंगल साँच्चिकै सचेतना फैलाउने थिए ।
डेभिड, क्यारोलिन, मार्क, लुसी, सोफिया, जोहन, ग्यारभिस, समिर, निखिललगायतका करेस्पोण्डेन्टका समाचार प्रस्तुति अत्यन्तै सूचनामूलक सचेतना प्रवाह गर्ने खालका रहे । जी–२० भर्चुअल समिटका विषयमा मात्रै नभई अमेरीकी राष्ट्रपतिले घोषणा गरेको आर्थिक प्याकेजको रिपोर्टिङ सह्रानीय देखियो । ह्वाईटहाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु बसेको एकआपसको दूरी सँच्चिकै उदाहरणीय रह्यो । सिंहदरबारको जस्तो पत्रकार सम्मेलन त छँदै थिएन, भन्नै पर्छ ।
इटलिमा ड्रोनको प्रयोग गरेर संक्रमितहरुको बारेमा जानकारी संकलन गरिएको भयावह अवस्थाको रिपोर्टलाई पनि सहजपूर्वक देखाइएको छ । स्पेनको अवस्थालाई चित्रण गर्न पनि रिपोर्ट साधारण तरिकाले देखाइयो । न्युजिल्याण्डकी अया अलि उमारीको कुरा पनि निकै सामान्य ढगंले चेतना फैलाउने तरिकाबाट रिपोर्ट बज्यो । द.अफ्रिकाबाट नोम्सा नाम गरेकी महिला पत्रकारको रिपोर्ट सूचनामूलक रह्यो ।
सेल्फ क्वारेन्टाइनमा दिनभरी घर भित्र कोठामा सीमित हुनुपर्दा बीबीसी वल्र्ड न्यूजका समाचार र अन्य रिपोर्टहरुले गजबैले समय बित्दै छ । खासगरी नेपाली र भारतीय टेलिभिजनका सामाग्रीले नागरिकलाई अत्याउने खालका रिपोर्टहरु बजाइरहेको दाँजोमा बीबीसी वल्र्ड न्यूजमा प्रशारण भएका सामाग्री सामान्य तरिकाले सूचना प्रशारणका माध्यम मात्रै छन् झैं लाग्छन् ।
यो अवस्थामा नागरिकलाई विश्वासिला अत्यावश्यक सूचना र आसपासमा घटिरहेका घटनाको सरल जानकारी मात्रै गराउन सके मात्रै पनि पुग्छ । यतिबेला ब्रेकिङ न्युजको आवश्यकता नै छैन नागरिकलाई । सूचनामा धारणा नथोपर्दा राम्रो । आबश्यकतालाई अतिरञ्जित नगराउँदा झनै राम्रो । सञ्चार माध्यम र पत्रकारले सचेतनामूलक सामाग्री उत्पादन र प्रकाशन र प्रशारण गर्नु पर्ने बेला हो–यतिबेला ।


error: यो सुविधा उपलब्ध छैन !