एक हप्तालाई बाँकेको नाका सील

नेपालगञ्ज – स्थानीय प्रशासनले एक हप्ताका लागि बाँकेको नाका सील गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी र भारत बहराइचका डीएमका बीचमा आइतबार भएको भेटपछि एक हप्तालाई नाका सील गर्ने सहमति भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक साधनबाहेक नाकामा आवतजावत बन्द गरिएको बताउनुभयो ।
भारतसँग सीमा जोडिएको ६५ किलोमिटर नै सील गरिएको छ । प्रजिअ खड्का अनुसार, एम्बुलेन्स, अत्यावश्यक बस्तु बोकेका मालवाहक ट्रकबाहेक सबै बन्द हुनेछन् ।
भारतका विभिन्न शहरबाट दैनिक एक हजार नेपाल भित्रिरहदा कोरोनाको जोखिम बढेको थियो । नाका बन्द गर्नुपर्ने चौतर्फी दबाबका बीचमा दुई देशका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, भारत बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमार सहभागी हुनुहुन्थ्यो ।


error: यो सुविधा उपलब्ध छैन !