नेपालगञ्ज उपमहानगरपालिकामा पनि कोरोना जाँच
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउनेहरुको कोरोना जाँच गर्न थालेको छ ।
विश्वव्यापी रुपमा आतंक मच्चाएको कोरोनाप्रति सजक रहदै नेपालगञ्ज उपमहानगरपालिकाले कार्यालयमा आउने सेवाग्राहीको पनि जाँच थालेको हो । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै जमुनाहा नाका र नेपालगञ्ज विमानस्थलमा कोरोना जाँचको व्यवस्था मिलाएको छ ।
भारतको लखनऊमा समेत कोरोना भाइरस देखिएपछि नेपालगञ्ज नाकामा अझ सजकता अपनाउनु पर्ने देखिएको छ । नेपालगञ्ज नाकाबाट ठूलो संख्याका मानिस आवतजावत गर्ने भएकाले नाकाका साथै विमानस्थलमा हेल्थ डेस्क राखेर जाँच गर्ने व्यवस्था मिलाइसकिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।