होलीमा होस् गुमाउदा…

नेपालगञ्ज – होलीमा रमाइलो गर्न निस्केका ६० जना प्रहरी कार्यालय पुगेका छन् ।
मादक पदार्थ सेवन, प्रहरीमाथि हातपात, छाडा बोलेका ६० जनालाई प्रहरीले दिनभरी कार्यालयमा राखेको हो । होलीमा रमाइलो गर्न घरबाट निस्केका उनीहरु दिनभरी प्रहरी कार्यालयमा पुगेका हुन् । होलीमा होस् गुमाउदा प्रहरी कार्यालयमा पुगेका उनीहरुलाई प्रहरीले अभिभावकको जिम्मामा राती घर पठाउँदैछ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले प्रहरीमाथि हातपात गर्ने दुई जनालाई मुद्दा चलाउने बताउनुभयो । ‘मापसे, तीन जना मोटरसाइकलमा चढ्ने, हेल्मेट नलगाउने, महिलालाई दुव्र्यवहार गर्ने, नांगो भएर हिड्ने ५८ जनालाई दिनभरी नियन्त्रणमा लिएर राती छोडिरहेका छौं, इलाका प्रहरी कार्यालय, धनौलीका सई र वडा कार्यालय, नेपालगञ्जका असईमाथि हातपात गर्ने दुई जनालई अभद्र व्यवहारमा मुद्दा चलाउँछौं ।’
मोटरसाइकलमा तीन जना आइरहेको बेलामा प्रहरीले रोक्दा प्रहरीमाथि नै हातपात भएको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
होलीमा हुन सक्ने दुर्घटनाप्रति सचेत हुँदै ट्राफिक कडाई गरेको बाँके प्रहरीले १ सय ५१ वटा मोटरसाकल चालकलाई कारबाही गर्दै ८३ हजार जरिवाना असुल गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !