छिट्टै फनपार्कको मज्जा

नेपालगञ्ज – शहरको कोलाहलबाट केही टाढा शान्त वातावरणमा बालबालिकासहित छुट्टीको समय विताउन सक्नेगरी एकैपटक तीन वटा फनपार्क सञ्चालनमा आउँदै छन् ।
नेपालगञ्जको ब्यस्त बजार भन्दा केही बाहिर बनिरहेका त्यस्ता फनपार्कहरु अहिले निर्माणको अन्तिम चरणमा पुगिरहेका छन् । त्यो मध्येको एक हो, नेपालगञ्ज–कोहलपुर सडक खण्डमा पर्ने हवलदारपुर नजिकै ३ विगाहको क्षेत्रफलमा फैलिएको फनपार्क । सञ्चालनको अन्तिम संघारमा रहेको यो फनपार्कले नेपालगञ्ज र कोहलपुर आसपासका सर्वसाधारणलाई मनोरञ्जन दिलाउनेछ ।


करिव ४ हजार मानिसको क्षमता रहेको फनपार्कमा वेभ पुल, फ्यामिलि पुल, रोप साइक्लिङ्ग, रक क्लाइम्बिङ्ग फन र स्विमिङ्ग सहितको सुविधा सहित नेपालगञ्ज र कोहलपुर अनि यो क्षेत्रमा घुम्ने सबैका लागि ह्याप्पी वल्र्ड छिट्टै सञ्चालनमा आउँदैछ । वर्षमा आठ महिनासम्म प्रचण्ड गर्मी हुने जिल्ला भएकाले स्विमिङ्ग पुल सहितका यस्ता मनोरञ्जनका स्पट सर्वसाधारणका लागि निकै उपयोगी हुनेछन् ।
नेपालगञ्ज आसपासका क्षेत्रमा लगभग सँगसँगै ३ वटा यस्ता फन पार्कहरु तिव्र गतिमा निर्माण भइरहेका हुन् । ह्याप्पी वल्र्ड फन पार्क २९ गतेदेखि शुरुवातमा ल्याउने प्रयास बमोजिम फिनिसिङ्गका काम, रगंरोगन र विभिन्न संरचनाको प्राविधिक परीक्षणको काम धमाधम भइरहेका छन् ।


ह्याप्पी वल्र्डका सञ्चालक बासु भण्डारी सकेसम्म छिट्टो सञ्चालन गर्नेगरी काम अघि बढिरहेको बताउनुहुन्छ । समर सिजनमा पौडी धेरै रुचाइने भएकाले समर सिजनमा पूर्ण रुपमा सञ्चालन हुने भण्डारीको दावी छ ।
गनापुरमा र बालेगाउँ नजिक बनेको अर्को फनपार्क पनि सञ्चालनको नजिक छन् । बजारदेखि केही टाढा रहेका यस्ता फनपार्कमा बालबालिकासहित परिवारजन गएर दिनभरी समय बिताएर आनन्दित भएर फर्किन सक्नेछन् ।


error: यो सुविधा उपलब्ध छैन !