सकियो क्यान इन्फोटेक, भित्रियो अत्याधुनिक ल्यापटप

नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भएको क्यान इन्फोटेक समापन भएको छ ।
पाँच दिनसम्म चलेको क्यान इन्फोटेक आशातित सफल हुन सकेन । दुई दिनको बन्द, पानी पर्नु र कोरोनाको त्रासले गर्दा क्यान इन्फोटेक सोचेजस्तो हुन नसकेको आयोजकले जनाएका छन् । कम्प्यूटर एशोसियसन अफ नेपाल महासंघ (क्यान) बाँकेले आयोजना गरेको इन्फोटेकमा ९० वटा स्टल राखेर २० देखि ३० करोडको कारोबार हुने आशा गरिएको थियो । आयोजकले कारोबारको तथ्यांक निकालिसकेका छैनन् । तर, सोचेजस्तो नभएको प्रतिक्रिया दिएका छन् । विद्यार्थीलाई लक्षित गरेर इन्फोटेक आयोजना गरिएको थियो । यहीबेलामा परीक्षा भएकाले त्यसमा पनि मार परेको छ ।
क्यानका उपाध्यक्ष रेशम गिरी, ५ नम्बर प्रदेशका अध्यक्ष रोशन कँडेल, पूर्व पदाधिकारी सञ्जय थापालगायतले पार्टनर, सहयोगीहरुलाई प्रसंसा पत्र र सम्मान गर्दै इन्फोटेकको समापन गर्नुभयो ।
यसैबीच, इन्फोटेक समापन समारोहमा नेपालगञ्जमा अत्याधुनिक ल्यापटप भित्रिएको जानकारी दिइएको छ । दुई लाख २५ हजार रुपैपा पर्ने आसुस कम्पनीको अत्याधुनिक ल्यापटप भित्रिएको हो । काठमाडौंपछि नेपालगञ्जमा यो ल्यापटपको लन्चिङ गरिएको थापाले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !