महोत्सव रोक्दै प्रहरी

नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्जमा चलेको महोत्सव रोक्ने जनाएको छ ।
सभा, सम्मेलन, मेला महोत्सव गराउन नदिन प्रदेश सरकारको पठाएको सर्कुलरका आधारमा सूचना जारी गरिसकेको स्थानीय प्रशासनले प्रहरी लगाएर बिहीबारदेखि नेपालगञ्जको महोत्सव रोक्ने जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले नेपालगञ्जमा चलेको महोत्सवका आयोजकलाई बोलाएर बन्द गर्न भनिसकेको नमानेको भए प्रहरीले गएर बन्द गर्ने बताउनुभयो । ‘प्रदेश सरकारबाट हामीलाई ढिला गरी सर्कुलर आइपुग्यो, हामीले महोत्सव आयोजकलाई बोलाएर बन्द गर्न भनिसकेका छौं, प्रहरी प्रवक्ता सिंहले भन्नुभयो, उनीहरुले आफै बन्द नगरे प्रहरी गएर रोक्छ ।’
कोरोना भाइरसको जगजगी भएपछि सरकारले सभा, सम्मेलन, मेला महोत्सव नगर्न, गर्न नदिन आदेश गरेको छ । नेपालगञ्जमा बुधबारदेखि एजी सर्भिस प्रालिले महोत्सव शुरु गरेको छ भने क्यान इन्फोटेक २० गते चलिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !