चिडिमार बस्तीमा नुनका कुरा

नेपालगञ्ज – नेपालगञ्जको चिडिमार वस्तीमा आयोडिन नुनको प्रचारात्मक कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दको नेतृत्वमा शनिबार चिडिमार वस्तीमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । फेब्रुअरी महिना आयोडिन महिनाको रुपमा मनाउने गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाबाट शुरु भएको जनचेतनामुलक र्याली सुर्खेतरोड हुँदै चिडिमार वस्तीमा पुगेको थियो । भेरी नर्सिङ कलेज नेपालका विद्यार्थीले आयोडिनको महत्वबारे बुझाउदै र्यालीमा नारा लगाएका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दले शारीरिक र मानसिक कमजोरीबाट जोगिन आयोडिनयुक्त नुनको प्रयोग गर्न सुझाव दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !