महावीरलाई ब्रिटिस स्कुलको सहयोग

नेपालगञ्ज – नेपालगञ्जको ब्रिटिस स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।
स्कूलका सञ्चालक समितिका अध्यक्ष निरज शाह, प्रधानाध्यापक हेमन्तराज काफ्ले, संस्थापकद्वय विमल प्रधान र विजय श्रेष्ठले केन्द्रका अध्यक्ष महावीर पुनलाई स्कूलमै बोलाएर दश हजार सहयोग हस्तान्तरण गर्नुभयो ।


सो अवसरमा वैज्ञानिक पुनले विद्यार्थीलाई खोज अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले आविष्कार केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । ब्रिटिस स्कूलका विद्यार्थीको न्यानो स्वागत ग्रहण गर्दै म्यागासेसे पुरस्कार विजेता पुनले विद्यार्थी भित्र रहेको प्रतिभालाई शिक्षकले पहिचान गर्नुपर्ने बताउनुभयो ।
प्रधानाध्यापक हेमन्तराज काफ्लेले आविष्कार केन्द्रलाई सानो सहयोग गर्न पाउदा स्कूल परिवार खुशी भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !