मेयर राणा पुगे जेल

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज कारागारका बन्दीलाई जीमका सामान उपलब्ध गराएको छ ।
कारागारमा रहेका बन्दीहरुको मागलाई ध्यान दिदै उपमहानगरपालिकाले एक लाख बराबरको जीमका विभिन्न आठ वटा आइटम उपलब्ध गराएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको सामानलाई मेयर डा. धवलशमशेर राणाले नाइके बबिन गुरुङ र चौकीदार चुन्नन जसगढलाई हस्तान्तरण गर्नुभयो ।


जेलर देवेन्द्र श्रेष्ठ, उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाको उपस्थितिमा जीमका सामान हस्तान्तरण गर्दै मेयर डा. राणाले अरु पनि केही आवश्यक परेमा लिखित रुपमा माग गर्नु भन्नुभयो । मेयर राणाले महिला चौकीदारलाई भेट्दै केही आवश्यक परेमा माग गर्न आग्रह गर्नुभयो ।
नेपालगञ्ज कारागारमा ८ सय २६ जना रहेका छन् । त्यसमा महिला ५३ जना छन् । नेपालगञ्ज उपमहानगरपालिकाले युनेक्स ब्याडमिन्टन, फलैट बेन्च, स्पिन वाइक, आइडीएफ मल्टी बेन्च, रबर प्लेक्स, डम्बल राड, नर्मल राड र युटिलिटी स्टुल उपलब्ध गराएको हो ।


error: यो सुविधा उपलब्ध छैन !