समातिए मिश्र र पाल

नेपालगञ्ज – नेपालगञ्जमा केही महिनादेखि १६ वर्षमा विवाह गर्न पाउनु पर्छ भन्दै आन्दोलन भइरहेको छ । जानकी गाउँपालिकाका महिलाहरु नेपालगञ्जमा आएर प्रदर्शन गर्ने गरेका छन् । बीचमा केही समय सेलाएको यो आन्दोलन बिहीबार एकाएक धम्बोझीमा देखियो ।
१६ वर्षमा विवाह गर्न पाउनु पर्छ भन्ने अभियानको अगुवाई गरेका रामदेव मिश्र र फूलमति पाल प्रदर्शनको अगुवाई गर्दै थिए । धम्बोझीमा प्रदर्शन भइरहदा बाँके प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कानूनमाः २० वर्षमा विवाह गर्ने व्यवस्था गरिएको छ । मिश्रले केही महिनादेखि १६ वर्षमा विवाह गर्न पाउनु पर्छ भन्दै जानकी गाउँपालिकाबाट महिलाहरु नेपालगञ्जमा ल्याएर प्रदर्शन गरिरहेका थिए । नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएका थिए । गाउँगाउँमा महिलाहरुलाई जागरण गर्ने काम गरिरहेका छन् ।
१६ वर्षमा विवाह गर्न पाउनु पर्छ भन्ने अभियानको विरुद्धमा संघ संस्थाहरुले गठन गरेको किशोरी क्लवहरुले सबै पालिकाहरुमा ज्ञापनपत्र बुझाइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !