नेपालगञ्जमा माघ २७ देखि रनिङ शिल्ड

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका प्रथम मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७६ यहि माघ २७ देखि २९ गतेसम्म हुने भएको छ ।
मंगल मावि नेपालगञ्जमा हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने भएको छ । मेयर कपसँगै अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्डको खेलाडी छनौट समेत हुनेछ ।
प्रतियोगिताको आयोजना तथा ब्यवस्थापन समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको अध्यक्षतामा बुधबार सरोकारवालाहरुको बैठक भएको छ । बैठकले सहभागी विद्यार्थीले २४ गतेभित्र शिक्षा शाखामा आवश्यक कागजातसहित नाम दर्ता गराउनुपर्ने निर्णय गरेको छ ।
मार्चपासमा खेलमा सहभागी खेलाडी मात्रै सहभागी गराउने बैठकले निर्णय गरेको छ । सहभागी खेलाडी १८ वर्ष मुनीको हुनुपर्ने र त्यसको सिफारिस गर्ने जिम्मा प्रधानाध्यापकको हुने बैठकले निर्णय गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !