५ र ८ नम्बर वडा क्रिकेटको सेमिफाइनलमा

नेपालगञ्ज- मंगलप्रसाद स्कूलमा चलिरहेको दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा ५ र वडा नम्बर ८ सेमिफाइनलमा प्रवेश गरेका छन ।
५ ले १ नम्बर वडालाई ८ रन र ८ ले १५ नम्बर वडालाई ४८ रनले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।
टस हारेर ब्याटिङ गरेको ५ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको थियो । टोलीका लागि वाजिव शेखले २९ रन, सदाब अन्सारीले पनि २९ रन र सुबेन्दु पाण्डेले १८ रन बनाए । १ नम्बरका सिद्धान्तराज शाही र रकिन राणाले समान १ विकेट लिए ।
जवाफमा १ नम्बर वडाले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय १७ रन मात्र बनाउन सक्यो । टोलीका लागि सिद्धान्तराज शाहीले २९ रन, प्रज्वल शाहीले २५ रन, रोहन केसीले २५ रन बनाएका थिए । ५ नम्बर वडाका लागि मोहम्मद मेराज अन्सारीले सर्वाधिक ३ विकेट र सैजादे खानले २ विकेट लिए । खेलमा मोहम्मद मेराज अन्सारीले म्यान अफ द म्याच, म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
अर्को खेलमा टस हारेर ब्याटिङ गरेको ८ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५२ रन बनाएको थियो । टोलीका लागि कैफ खानले ३३ रन, फर्दिन खानले २३ रन, अनुपम सिहले २२ रन र नासिर अन्सारीले २१ रन बनाएका थिए । १५ नम्बरका शंकर कुमार मिश्रा र अहद राजा राईले समान ३ विकेट लिए । जवाफमा १५ नम्बर वडाले २० ओभरमा अलआउट हुँदा १ सय ४ रन बनाएको थियो । टोलीका लागि रमेश सिहले ५४ रनको योगदान गरे । अमरिक सिंह शिखले १२ रन बनाए । ८ नम्बर वडाका अफाख शेख, अफताब अन्सारी, समसुद्दिन अन्सारीले समान २ विकेट लिए । नासिर अन्सारीले १ विकेट लिए ।
खेलमा नासिरले म्यान अफ द म्याच, अफताव अन्सारीले म्याजिकल मुभमेन्ट पुरस्कार जित्न सफल भए ।
आइतबार उत्कृष्ट भएका खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, ८ नम्बर वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, ७ नम्बर वडा अध्यक्ष जुमँन खाँ, बेन्ली बाइकका लागि नेपालगञ्जको आधिकारिक बिक्रेता एसके मोर्टसका शौरभ कर्मचार्यले पुरस्कार दिएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा २२ नम्बर वडा र ८ नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन । अर्को सेमिफाइनलमा ५ नम्बर वडा र १३ नम्बर वडाले खेल्नेछन । फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !