भृकुटीनगर टोल विकासमा पुनः विष्ट

भृकुटीनगर टोल विकास समितिमा पुनः सरला विष्ट चयन हुनु भएको छ ।
शनिबार सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट विष्टलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
विष्ट तेस्रो कार्यकालको सर्वसम्मतिले चयन हुनु भएको हो ।
त्यस्तै उपाध्यक्षमा पदम बहादुर खड्का, सचिवमा धनबहादुर पुन र कोषाध्यक्षमा कुलराज राज भण्डारीलाई चयन गरिएको छ ।
सदस्यहरुमा लीला डाँगी, चन्द्र बहादुर श्रेष्ठ, दिपेन्द्र कमार जोशी, बाबुराम आकुरा र आशाराम डाँगीलाई सर्वसम्मत चयन निर्वाचन अधिकृत अधिवक्ता युग बहादुर गुरुङले जानकारी दिनु भयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेतको उपस्थितिमा सम्पन्न साधारण सभामा टोल विकास समितिका सदस्यसमेत
रहनुभएका समाजसेवी निल बहादुर शाक्यले नवनिर्वाचित अध्यक्ष विष्ट लगायत ५ जनालाई सम्मान गर्नुभएको थियो ।
उहाँहरुलाई सामाजिक कार्यमा अग्रसर भई समाजमा हुने कार्यलाई जिम्मेवारीका साथ बहन गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शाक्यले २०६४ सालमा आफ्ना आमा स्व. रत्ना कुमारी शाक्यको सम्झनामा समितिमा २१ हजार १ सय ११ रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !