विज्ञान तथा प्रविधि प्रदर्शनी एवं महोत्सव हुने

नेपालगञ्ज – नेपालगञ्जमा विज्ञान तथा प्रविधि प्रदर्शनी एवं महोत्सव हुने भएको छ ।
‘राष्ट्र निर्माणका लागि बिज्ञान तथा प्रविधि’ भन्ने मूल नारासहित फाल्गुन ८ देखि १० गतेसम्म महोत्सव हुने भएको हो ।
ए वन एजुकेशनल एक्सप्रेस, धुवतारा एजुकेसन र ग्रेस इन्टरनेसनलको संयुक्त आयोजनामा हुन गइरहेको उक्त बिज्ञान तथा प्रविधि एवं महोत्सवमा प्रदेश ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने महोत्सव आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशभरिका युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिस“ग सम्बन्धित कविता, बादविवाद र नाटकको प्रतियोगिता रहने आयोजक समिति सदस्य दीपक पौडेलले बताउनुभयो ।
आयोजनाको लागत ४० देखि ४५ लाखसम्मको खर्च अनुमानित गरिएको छ । प्रतिभा प्रदर्शन प्रतियोगिताको पुरस्कारका लागि मात्रै करिब चार लाख बढि खर्च हुने आयोजक समितिका कोषाध्यक्ष रामबिचारी थारुले बताउनुभयो ।
प्रतियोगितामा बिद्यालयस्तरको प्रथमलाई १ लाख, द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार र सान्त्वनालाई २५ हजार प्रदान गरिनेछ । खुला प्रतियोगिता अन्तर्गत प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र तृतियलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार रहेको समिति सचिव श्रीमन पौडेलले जानकारी दिनुभयो ।
देशभरबाट नै युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी गर्ने थलोको रुपमा रहेको प्रदर्शनीको नार्क र नास्टका ७ जना बैज्ञानिक निर्णायक मण्डलमा रहनेछन् । जसमा कुलमान घिसिङ, महाबीर पुनलगायत रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !