खजुरामा खुल्यो व्यायम सेन्टर

खजुरा – युवाहरुको मागलाई मध्यनजर गर्दै बाँकेको खजुरा गाउँपालिकाको खजुरामा व्यायम सेन्टर सञ्चालनमा आएको छ ।
पछिल्लो समय युवाहरुहरुमा शारीरिक सुन्दरताको माग बढेका कारण व्यायम सेन्टरहरुमा युवाहरुको उपस्थिति बढ्दो छ । सोही मागलाई ध्यानमा राख्दै खजुरा गाउँपालिकाको वडा नं. ३ स्थित इलाका प्रहरी कार्यालय धनौली नजिक युनिभर्सल भिआइपी फिटनेश टाइम सेन्टर सञ्चालनमा ल्याएको हो । सो फिटनेस सेन्टर स्थानीय युवा अनिस खान र शादिक खानले सञ्चालनमा ल्याएका हुन । सोमबारबाट शुरु भएको व्यायम सेन्टरमा महिला र पुरुषका दुवैलाई व्यायमका सामाग्रीहरु उपलब्ध छ ।
सेन्टरका प्रोप्राइटर खानका अनुसार, व्यक्तिगत तालिम, बडी बिल्डिङ्ग, एरोबिक, पिटनेश, लुज वेट र जुम्मा डान्सका सुबिधाहरु उपलब्ध हुनेछ । खजुरा क्षेत्र आसपासका व्यायाम गर्न चाहने युवाहरुले अब सहजै व्यायम गर्न पाउने छन् । नियमित व्यायम गर्नले शरीर फिट रहने गर्छ । व्यायम सेन्टरमा व्यायम गर्नका लागि आवश्यक सबै प्रकारका सामानहरु रहेको जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !