विप्लव नेता शाही पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले विप्लव माओवादीको कार्यकर्ता भन्दै कृष्णबादुर शाहीलाई पक्राउ गरेको छ ।
बैजनाथ–१, चिसापानीका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विप्लव माओवादीको सक्रिय कार्यकर्ता रहेको र चन्दा आतंक मच्चाउन सहयोग गरेको भन्दै प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
सादा पोशाकमा रहेका प्रहरीले शाहीलाई पक्राउ गरेको थियो । शाहीलाई अभद्र व्यवहारमा कारबाही प्रक्रिया अघि बढाएको बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो । शाहीले आफू अहिले पार्टीमा निस्क्रिय रहेको बताएका छन् ।
विप्लव माओवादीले एनसेल टावरमा आक्रमण गर्ने हल्ला चल्ने बित्तिकै प्रहरीले माओवादी नेताहरुको घरमा पुग्ने गरेको छ ।
शाही यसअघि पनि पक्राउ परेका थिए । बाँकेबाट पक्राउ गरेर बर्दिया हुँदै कैलाली पु¥याइएको थियो । शाही कैलालीबाट दश हजार धरौटीमा साउन २९ गते छुटेको बुझिएको छ ।