अब पत्रकार हुन परीक्षा दिनुपर्ने

काठमाडौं – राष्ट्रियसभाको विधान व्यवस्थापन समितिले नयाँ पत्रकारले पेशामा प्रवेश गर्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था राख्ने निर्णय गरेको छ । परीक्षाको सञ्चालन, दर्ता तथा अभिलेख, पाठ्यक्रम तथा न्यूनतम योग्यता काउन्सिलले नै तोक्न पाउनेछ ।
समितिले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई अन्तिम रुप दिदै उक्त निर्णय गरेको हो । सोमबार बसेको समितिको बैठकले सरकारले ल्याएको विधेयकका मुलभूत विषयलाई नै परिवर्तन गर्दै विधेयकलाई टुंग्याएको हो ।
समितिले मिडिया सम्बन्धी कसुरमा दण्ड सजाय गर्ने अधिकार अदालतलाई नै हुने निर्णय गरेको छ । सरकारले ल्याएको प्रस्तावमा मिडिया काउन्सिललाई नै दण्ड सजाय गर्ने अधिकार दिँदै दश लाखसम्म जरिवाना गर्ने प्रस्ताव गरेको थियो ।
सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको वा पत्रकारिकताको सम्पादीय क्षेत्रमा १५ वर्ष काम गरेको व्यक्ति काउन्सिलको अध्यक्ष हुन पाउनेछ । त्यसमा सात प्रदेशका एक एक जना प्रतिनिधिसहित सञ्चार मन्त्रालयको सह सचिव पनि रहने छन् । सरकारले गत वैशाखमा विधेयक दर्ता गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !