जेष्ठ नागरिकलाई कम्बल वितरण

नेपालगञ्ज – राष्ट्रिय बाणिज्य बैंक त्रिभुवन चोक नेपालगञ्ज शाखाले बाँके कण्ठीपुरका १२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
चिसो र शितलहरुले बृद्धहरु बढी प्रभावित भएपछि बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालगञ्ज–१९, कण्ठीपुरमा एक कार्यक्रम आयोजना गरि ७० वर्ष पुगेका १२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।
‘सम्बृद्धिसँग जोडौ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ बैक शाखा प्रबन्धक ललित शाही र वडा सदस्य अमृता शाहीले उक्त कम्बल वितरण गर्नुभएको थियो । त्यस अवसरमा बैंकले प्रदान गर्ने कर्जा, बचतलगायत विभिन्न सेवा सुविधाका बारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा ३५ वटा निशुल्क खाता पनि खोलिएको थियो । नयाँ खोलिएको खातामा रु एक सय निशुल्क रुपमा जम्मा गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो । बंैकले यस्तो कार्यक्रम त्रेमासिक रुपमा गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !