५२ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा बुधबार ५२ जना डिस्चार्ज भएका छन् ।
असोज २१ गते कोरोना पुष्टि भएका ५२ जना आज डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आज डिस्चार्ज भएकाहरु सबैजसो भेरी र कोहलपुर मेडिकल कलेजमा बसेका हुन् ।
डिस्चार्ज हुनेमा ३१ पुरुष र २१ महिला रहेका छन् । जिल्लामा अहिलेसम्म दुई हजार दुई सय २७ डिस्चार्ज भएका छन् । अब ५ सय ४७ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !