दश जना किशाेरीलाई जेन्स हेयरकट तथा ब्यूटिसियन तालिम


नेपालगन्ज – मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्व काम गरिरहेकाे आफन्त नेपाल, बाँकेले दश जना किशाेरीलाई जेन्स हेयरकट तथा ब्यूटिसियन तालिम दिएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा १७ का किशाेरीलाई आफन्त नेपालले ४ महिने जेन्स हेयरकट तथा ब्यूटिसियन तालिम दिएकाे हाे ।


बैशाख २६ गते सुरु भएर भदाैं २८ गते समापन भएकाे तालिमका सहभागीलाई आज दिक्षान्त समाराेहकाे आयाेजना गरेर प्रमाणपत्र वितरण गरिएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष लक्ष्मणप्रसाद बर्मा, लागू आैषधीविरुद्व निशुल्क परामर्श सेवाका दिपेन्द्र जाेशी, आफन्त नेपाल, बाँकेका प्रमुख सुनिता सारु, प्रशिक्षक काबेरी विकले प्रमाणपत्र वितरण गर्दै सिकेकाे कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । आफन्त नेपाल, बाँकेका प्रमुख सारुले ४ महिना निशुल्क आधारभुत तालिम दिइएकाे र थप ६ महिना निशुल्क एडभान्स तालिम लिने भए अभिभावककाे सहमति लिएर आउन आग्रह गरिन् । एडभान्स तालिम लिन आफन्त नेपालकाे चितवन शाखामा जानु पर्ने हुन्छ ।
प्रमाणपत्र बुझेपछि सिखा पाठक, सिवानी साहु, लक्ष्मी यादव र सिवानी यादवले एडभान्स तालिम लिन इच्छुक रहेकाे र घरपरिवारसँग कुरा गर्ने बताए ।


मावन बेचबिखन तथा लैंगिक हिंसाविरुद्व नाकामा बसेर काम गरिरहेकाे आफन्त नेपालले जाेखिमपूर्ण यात्रामा रहेकालाई फिर्ता पठाउनेदेखि उद्दारसम्म गर्ने गर्दछ ।
कार्यक्रम श्वेता नेपालीले सञ्चालन गरेकी थिइन् । संस्थाले अर्काे लटलाई तालिम दिने तयारी गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !