मालपाेत र आन्तरिक राजश्व भवनमा बस्न नमिल्ने


नेपालगन्ज – जेन-जी आन्दाेलनकाे क्रममा आगलागी गरिएका मालपाेत र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जकाे भवन काम नलाग्ने भएकाे छ ।
एक दशक अघि बनाइएका कराेडाैका यी भवनलाई भत्काएर अर्काे गराउनु पर्ने भएकाे हाे । इन्जिनियर विवेक लामिछानेले यी दुई भवन रेड जाेनमा परेकाले बस्न नमिल्ने बताए । लामिछानेकाे टाेली जेन-जी आन्दाेलनका क्रममा आगलागी गरिएका अरु कार्यालयकाे पनि अध्ययन गरिरहेकाे छ ।
भदाै २४ गतेकाे आन्दाेलनमा जिल्ला प्रशासन, मालपाेत, जिल्ला र उच्च अदालत, यातायात, आन्तरिक राजश्व, राजश्व कार्यालय, काेहलपुर, नेपालगन्ज उपमहानगरपालिका, काेहलपुर नगरपालिका, एमाले र काँग्रेस पार्टी कार्यालय, काेहलपुरका मेयरकाे घरलगायत सरकारी तथा निजी भवनमा ताेडफाड, आगजनी र लुटपाट गरिएकाे थियाे ।
आन्दाेलनका क्रममा भएकाे क्षतिकाे विवरण निकाल्ने काम भइरहेकाे छ । जनताकाे सेवा सुविधासँग जाेडिएका सरकारी कार्यालयमा आगलागी र लुटपाट गरिएकाले अहिले धेरैजसाेमा काम राेकिएकाे छ । केहील साना तिना सेवा दिइरहेका छन् ।
मालपाेत कार्यालयले त्यहाँबाट सेवा दिन नमिल्ने भएपछि अन्यत्रबाट सेवा दिन कार्यालय खाेजिरहेकाे छ । मालपाेतले काम नथाल्दा बैंकहरुलाई समेत असर परेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !