जेन-जीकाे नाममा आगजनी र लुटपाट गर्नेलाई खाेज्दै प्रहरी


नेपालगन्ज – बाँके प्रहरीले जेन-जीकाे नाममा ताेडफाेड, आगजनी र लुटपाट गर्नेकाे खाेजी थालेकाे छ । प्रहरीले अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएकाे छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जेन-जीकाे आडमा सरकारी कार्यालय, सवारी साधन ताेडफाेड र आगजनी तथा लुटपाट गर्ने जयसपुरका शालिकराम पाठक, दिपक टमटा र काेरियनपुरका माेहम्मद आदिललाई पक्राउ गरेकाे जानकारी दिए ।
भदाै २३ र २४ गते भएकाे आन्दाेलनमा बाँकेका दुई दर्जन सरकारी कार्यालय तथा पार्टी कार्यालय ताेडफाेड, आगजनी र लुटपाट भएकाे थियाे । जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला र उच्च अदालत, राजश्व कार्यालय काेहलपुर र आन्तरिक राजश्व कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, नापी तथा मालपाेत कार्यालयले लुटिएकाे सामान फिर्ता गर्न सूचना जारी गरेसँगै केही सामान भने फिर्ता भएकाे छ ।
बाँके प्रहरीले उपलब्ध भएका भिडियाे हेर्दै ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई पक्राउ गर्ने अभियान चलाएकाे छ । जिल्लामा जेन-जी आन्दाेलनमा भएकाे क्षति विवरण आइसकेकाे छैन ।


error: यो सुविधा उपलब्ध छैन !