स्राेत नखुलेकाे ७ लाखसहित तीन जना पक्राउ
नेपालगन्ज – बाँके प्रहरीले स्राेत नखुलेकाे ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
कोहलपुर नगरपालिका-२ बाट प्रहरीले स्रोत नखुलेको ७ लाख ६६ हजार रूपैयाँ सहित काेहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रालाई पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले पैसा कहाँबाट कसरी ल्याइएकाे हाे भन्नेबारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
केही दिन अघि जेनेरेसन जेडकाे अान्दाेलनकाे क्रममा काेहलपुर र नेपालगन्जका राजश्व, मालपाेत, अदालतहरुबाट नगद र सुन लुटिएका छन् । बाँके प्रहरी, प्रशासन कार्यालयले लुटिएका सामान फिर्ता गर्न अाग्रह गर्दै फिर्ता नगरेमा कारबाही गर्ने चेतावनी दिएकाे छ ।
तीन युवाबाट बरामद रकम यही अान्दाेलनका क्रममा लुगिएकाे हाे वा अन्यत्रबाट ल्याइएकाे हाे, खुलिसकेकाे छैन ।
हालै काेहलपुर क्षेत्रमा राजश्व कार्यालय, काेहलपुरबाट लुटिएकाे बाकसबाट पैसा निकालेर बाँड्दै गरेकाे भिडियाे बाहिर अाएकाे छ ।