सहकारी ठगीमा हरदेवबक्स, सिद्विकुमार र सुरत पक्राउ
नेपालगन्ज – अदालतकाे फैसला कार्यान्वयन टाेलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेकाे छ ।
नेपालगन्जकाे सहकारी वित्तीय विकास संस्थामा ३७ कराेडबढी रकम हिनामिना गरेकाे दुई तहकाे अदालतले फैसला गरेसँगै सहकारीका अध्यक्ष हरदेवबक्स चाैधरी, सिद्विकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएकाे छ । अध्यक्ष चाैधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना ताेकिएकाे छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धराैटीमा छुटेका थिए । जिल्ला अदालतकाे फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासले सदर गरेसँगै चाैधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।
अदालतले सहकारी घाेटालामा १९ जनालाई कसुरदार ठहर गरेकाे छ । त्यसमध्येमा सात जनाले कैद र जरिवाना तिरिसकेका छन् । अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकासँग पनि बिगाे भराउन बाँकी रहेकाे छ । अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगाेकाे सजाय सुनाएकाे छ ।
२०७६ असाेज २८ गते जिल्ला अदालतमा सहकारी एेन, ठगी र संगठित अपराधमा मुद्दा परेकाे थियाे । २०८० पुस २६ गते जिल्ला न्यायाधीश ईन्द्रबहादुर कठायतकाे इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेकाे थियाे । २०८२ जेष्ठ १४ गते उच्च अदालतले जिल्लाकाे फैसलालाई सदर गर्दै जिल्ला प्रशासनकाे नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टाेली बनाउने र त्यसले विशेष साभारण सभा बाेलाउन अादेश दिएकाे पीडित संघर्ष समितिका सहसंयाेजक अाँशुताेष शुक्लाले जानकारी दिए ।
जिल्लाकाे ठूलाेमध्येकाे याे सहकारीमा ११ हजार ८ सय ४ जना बचतकर्ता छन् । त्यसमध्ये एक हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत नै गरेका छन् ।