दुग्ध संस्थानले राेक्याे किसानकाे साढे तीन कराेड
नेपालगन्ज – जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाँके र बर्दियाले तत्काल दूधकाे पैसा नदिए दुग्ध विकास संस्थान नेपालगन्ज वितरण केन्द्र, काेहलपुरमा तालाबन्दी गर्ने चेतावनी दिएकाे छ ।
गत माघदेखि दूधकाे पैसा नपाएका संघसम्बद्धले आइतबार आयाेजना प्रमुख दिलिप चाैधरीलाई ज्ञापन पत्र बुझाउँदै १९ गतेसम्म पैसा नपाए धर्ना, तालाबन्दीकाे कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
अायाेजनाले ३ कराेड ४० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेकाे छ । आयाेजना प्रमुख चाैधरीले माघकाे भुक्तानी तत्काल दिने र अरु बिस्तारै दिंदै जाने आश्वासन दिएका छन् ।
ज्ञापन पत्र बुझाउन संघका केन्द्रीय सदस्य ईन्द्रबहादुर लुइटेल, बाँकेका अध्यक्ष पूर्णप्रसाद अधिकारी, बर्दियाका अध्यक्ष पवनकुमार यादव गएका थिए ।
आयाेजना प्रमुख चाैधरीले सिजनमा दूध फालाफाल आउने र अफसिजनमा दूध नपाउने समस्या रहेकाे बताए ।
दूधकाे पैसा तत्काल पाउनु पर्ने माग राखेर केन्द्रमा समेत आन्दाेलन चलिरहेकाे छ ।