मृतककाे सम्झनामा सामुहिक गाईजात्रा


नेपालगन्ज – नेवा: पुच: बाँकेकाे अायाेजनामा अाइतबार नेपालगन्ज गाईजात्रा (सा:पारु) निकालिएकाे छ ।
´भाषा, संस्कृति तथा परम्पराकाे जगेर्ना गराैं` भन्ने मूल नाराका साथ सात परिवारले मृतककाे सम्झनामा सामुहिक गाईजात्रा निकालेका हुन् ।
नेपालगन्जकाे सुर्खेतराेडस्थित स्वस्तिक कटेजमा जम्मा भएर बजारमा गाईजात्रा निकालिएकाे थियाे । धम्बाेझीचाेक, सहिद सेतुविकचाेक, न्यूराेड हुँदै बागेश्वरी मन्दिर पार्कमा पुगेर गाईजात्रा समापन गरिएकाे थियाे । साे अवसरमा नेवारी पाेशाक लगाएका महिला-पुरुष नेवारी भाषाकाे गितमा नाचेका थिए । लाखे नाच देखाइएकाे थियाे ।


एक वर्षभित्र मृत्यु भएका अाफन्तकाे सम्झनामा गाई वा मानिसलाई गाईकाे रुपमा सिँगारी अा-अाफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसाे गर्दा मृतक गाईकाे पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने जनविश्वास रहेकाे छ ।
नेपालगन्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ, दिपाकुमारी रेग्मी श्रेष्ठका सम्झनामा गाईजात्रा निकालिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !