नेपालगञ्ज विमानस्थलस्थित विपद् सामग्री गोदामको मन्त्रीद्वारा निरीक्षण


नेपालगन्ज – नेपालगञ्ज विमानस्थलमा रहेको विपद् सामग्री गोदामको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले निरीक्षण गरेका छन् ।

विपद् व्यवस्थापनका लागि पूर्वतयारी अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री अग्रवालले जुनसुकै बेला आउन सक्ने विपद्को सामना गर्न सबै सरोकारवाला निकायलाई अझ जिम्मेवार र सतर्क रहन आग्रह गरेका छन् ।

निरीक्षणको क्रममा मन्त्री अग्रवालले गोदाममा संकलन गरिएको सामग्रीको अवस्थाबारे जानकारी लिएका थिए । आपत्कालीन अवस्थामा सामाग्रीकाे उपयोग प्रभावकारी हुने सुनिश्चितता आवश्यक रहेकोमा उनकाे जाेड छ ।
लुम्बिनी प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अग्रसर रहदै विपद् प्रतिकार्य याेजनाकाे प्रभावकारी कार्यान्वयनमा ध्यान दिइएको छ । साथै, विपद् आउनु अघि नै तयार रहनुपर्ने अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाइएको छ ।

सो अवसरमा बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेनाका अधिकृत, बाँकेका प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !