चैत्र २२ गते नेपालगञ्जमा ‘फेसन शो’
नेपालगञ्ज – आगामी चैत्र २२ गते नेपालगञ्जमा ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस गु्रप नेपालले ‘नेपालगञ्ज फेसन शो’ आयोजना गर्न लागेको हो ।
आयोजकले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएका छन् । फेसन र मोडलिङ क्षेत्रमा रुचि राख्ने एवं यसै क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई केही सहज होस् भन्ने उद्देश्यले फेसन शोको आयोजना गर्न लागेको ओएनएस गु्रपका सिइओ कृष्टल केसीले जानकारी दिनुभयो ।
क्रियाशील फोटोग्राफर, भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहने उक्त कार्यक्रम पश्चात् नेपालगञ्ज क्षेत्रमा पनि विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु अनुभवी र सक्षम छन् भन्ने सन्देश दिइने छ ।
कार्यक्रममा १५ जना युवा र १५ जना युवती मोडललाई सहभागी गराइने छ । उनीहरूलाई आयोजक टिमले एक हप्ता निःशुल्क प्रशिक्षण दिनेछ । प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगञ्ज २०१७ दिपिका श्रेष्ठले गर्ने आयोजकले बताएका छन् । शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहने र कार्यक्रममा गायक कमल खत्रीको पनि प्रस्तुति हुनेछ ।