सासंद किशोरसिंह राठौरद्वारा मन्दिर उद्धघाटन
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित श्री हुक्कादास बाबकुटी पुरैनी नहरपुर्वामा निर्माण भएको श्री राधिकाश्वर महादेव तथा कालीमाई मन्दिरको बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरबले शनिबार समुद्घाटन सम्पन्न गरेका छन् ।
समाजका विभिन्न वर्गबाट आर्थिक सहयोगमा सम्पन्न भएको मन्दिरको समुद्धघाटन गर्दै नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका सांसद राठौरले धार्मिक स्थलको संरक्षण र सम्वर्धन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य वादशाह कुर्मी, सुशीला नेपाली, मिना सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी लगायतकाको सहभागिता रहेको थियो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
शिवकुमार बर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा सामाजिक ब्यक्तित्व, सर्वसाधारण र भक्तजनहरुको उपस्थिति थियो ।