पहिलो दिनमा ८ लाख आर्थिक संकलन
नेपालगन्ज – प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा शुरु भएकाे वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आजबाट भागवत कथा वाचन सुरु भएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा आजबाट श्रीमदभागवत कथा वाचन प्रारम्भ भएको हो ।
प्रवचनका क्रममा पण्डित पोखरेलले अन्य बेलामा हुने गरेको महायज्ञ भन्दा नेपालगन्जमा जारी यसपटकको महायज्ञको महत्व विशिष्ठ प्रकारको भएको बताए । उनले जीवनको अन्तिम गन्तब्यलाई सार्थक र सुखमय बनाउन महायज्ञ गरिएकाले यसपटकको महायज्ञको विशेष महत्व रहेको बताए । यज्ञमा गरिएको दान आफ्नै अन्तिम गन्तब्य बनाउन भएकाले दिल खोलेर दान गर्न उनले आग्रह गरे ।
वैकुण्ठधामको पहिलो कथावाचनको दिनमा दाताहरुबाट ७ लाख ३८ हजार ४१६ रुपैयाँ दान प्राप्त भएको मूल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । आजको यज्ञमा पद्मा केसीबाट २ लाख २ हजार १०१ रुपैयाँ, डा. कीर्तिपाल सुबेदीबाट १ लाख ११ हजार १११ रुपैयाँ, शाश्वत आचार्य स्मृति प्रतिस्थानबाट ५१ हजार प्रदान गरेका छन् भने डा. प्रकाशबहादुर थापाबाट २ लाख २२ हजार २२२, टोपबहादुर थापाबाट १ लाख ११ हजार १११, निरु रेग्मीबाट १ लाख ११ हजार १११ तथा ललित रौनियारबाट २५ हजार दान गर्ने घोषणा गरेकाे कोषाध्यक्ष श्रेष्ठले बताए ।