एकै घरका ६ जनालाई झाडाबान्ता, एकको मृत्यु


नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ५, बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार विरामी परेका हुन् । झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ । अहिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशील थापाले जानकारी दिए ।
थापाका अनुसार, ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव विरामी परेका छन् । विरामी सबैलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ ।
मृतकसहित गम्भीर विरामी भएकालाई फुडप्वाइजन भएको आशंका गरिएको छ । अहिले उनीहरुको भेरी अस्पतालको आपतकालिन कक्षमा उपचार भइरहेको छ । १४ वर्षीय जसमनको अवस्था गम्भीर रहेको छ । घटनाबारेमा बुझ्न स्वास्थ्य कार्यालय, बाँकेको टोली घटनास्थल गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !